अब शिक्षकका लागि छुट्टै अस्पताल,करिब ३ लाख शिक्षक लाभान्वित हुने

केन्द्रभाग मिडिया

काठमाडौं

अब देशभरका शिक्षकहरुका लागि छुट्टै अस्पताल बन्ने भएको छ ।

हिजोको मन्त्रिपरिषद बैठकले शिक्षकका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको हो । सरकारको निर्णयसँगै अस्पताल बनाउनका लागि जग्गा खोज्न समिति समेत बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्नका लागि समितिसमेत गठन गरिसकेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी दिए।समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन्। समितिलाई दुई महिनाभित्र जग्गा खोज्न समय दिइएको छ।

समितिले देशका विभिन्न क्षेत्रमा पुगेर जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ। काठमाडौं, चितवनलगायत ठाउँमा जग्गा खोज्ने तयारी छ।शिक्षक अस्पताल बनेपछि देशभरका करिब ३ लाख शिक्षक लाभान्वित हुने मन्त्रालयले जनाएको छ।

  • २३ कार्तिक २०७८, मंगलवार ०९:५१ प्रकाशित