अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता पाण्डेविरुद्ध

चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० अनिल अधिकारीले जानकारी दिएका छन् ।

जातीय भेदभाव सहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डे विरुद्ध जाहेरी परेको अधिकारीले बताएका छन् ।पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।

यसअघि प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।

  • १२ श्रावण २०८०, शुक्रबार १५:२३ प्रकाशित