कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति देउवाले जवाफ दिने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति शेरबहादुर देउवाले जवाफ दिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको बैठकमा देउवाले जवाफ दिने भएका हुन् ।

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमबारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

जसअनुसार सोमबार उपसभापति द्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

  • १० श्रावण २०८०, बुधबार ०९:१७ प्रकाशित