सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको एमाले अध्यक्ष ओलीको आरोप

केन्द्रभाग मिडिया

File photo

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतकै कारण वर्तमान अवस्था सिर्जना भएको बताएका छन् । संविधानको व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतले आफै संविधान संसोधन गरेर उल्लंघन गर्ने कार्य गरेकाले वर्तमान परिस्थिति सिर्जना भएको ओलीले बताए ।

सोमबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष ओलीले संवैधानिक इजलास गठन गर्ने क्रममा पनि सर्वोच्च अदालतले संविधान र कानुन उल्लंघन गरेको आरोप लगाए ।

अदालतको गरिमा र मर्यादा पालना नगर्ने तथा संविधानको पालना नगर्ने सबै न्यायाधीशले राजिनामा गर्नु राम्रो हुने उनको तर्क थियो । यस पहिले पनि ओलीले पाचै जनाले राजीनामा दिनुपर्ने बताउदै आएका छन् ।

अर्को प्रशंगमा ओलीले गठबन्धनले झुट बोलीरहेको आरोप लागाए । एमसिसि वारे गठबन्धनका नेताहरु– फरक फरक बोलिरहेका छन्, कुन सहि हो जनताले थाहा पाउनुपर्ने ओलीले बताए ।

  • २२ कार्तिक २०७८, सोमबार १४:२२ प्रकाशित