काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा नियमित एजेण्डा रहेको बताइएको छ ।
प्रधानमन्त्री देउवा संयुक्त अधिराज्य ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिएर फर्किएपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार अन्य मन्त्रालयगत निर्णयहरु हुन सक्ने छन् ।