विश्वासको मत लिदैँ बागमतीका मुख्यमन्त्री पाण्डे, आजै मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठक बस्दैँछ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् ।

प्रस्ताव पेश भएसँगै सम्भवत् आजै मतदान पनि हुने जनाइएको छ । अल्पमतमा परेकी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका हुन् ।

मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

  • २२ कार्तिक २०७८, सोमबार ०९:११ प्रकाशित