सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ

केन्द्रभाग मिडिया

सङ्खुवासभा ।

सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

जिल्ला बाहिरबाट आएकाहरुमा कोरोना भाईरसको लक्षणसँग मिल्ने बिरामी पाएपछि एन्टिजेन्टबाट परीक्षण गरिएको हो । कोरोना संक्रमितहरुलाई होम आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिए । संक्रमितहरुलाई नगरपालिको निगरानीमा होम आईसोलेसनमा राखिएको उनले बताए ।

जिल्लामा सवै पालिकाहरुमा परिक्षण गर्न तयारी अवस्थामा रहको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो । सवै स्थानीय तहहरुमा तालिम प्राप्त ल्याबका कर्मचारी र आवश्यक सामग्री पर्याप्त ब्यवस्था गरिएको उनको भनाई छ । जहाँ पनि जहिले पनि संकास्पद बिरामीको परीक्षण गर्न सकिने उनले बताए ।

  • १४ श्रावण २०७९, शनिबार १२:३५ प्रकाशित