इन्जिन फेल भए पछि यतिको जहाज ६ मिनेटमै पोखरा विमानस्थल अवतरण

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराबाट उडेको यति एयरलाइन्सको जाहाजको इन्जिन फेल भएको छ । पोखराबाट शुक्रबार बिहान ८ः५४ मा काठमाडौँका लागि उडेको ९ एन एएनजी कल्साइन को जहाजको बायाँ इन्जिन फेल भएको यति एयरलाइन्सले जनाएको छ ।

विमानस्थलबाट उड्ना साथ क्याप्टेनले टावरलाई इन्जिन फेल भएको जानकारी गराएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले केन्द्रखवरलाई बताए । जहाज उडान भरेको ६ मिनेटमा नै पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको थियो ।

जहाजमा सामान्य समस्या देखिएपछि एउटा इन्जिन बन्द गरेर जहाज अवतरण गरिएको यति एयरले जनाएको छ । क्याप्टेनले उच्च सर्तकता अपनाउदा सुरक्षीत अवतरण सम्भव भएको यति एयरलाइन्सले जनाएको छ ।

  • १३ श्रावण २०७९, शुक्रबार १०:४० प्रकाशित