कैलाली ।
कञ्चनपुरका पत्रकार खेम भण्डारीले पूर्व पत्रकार रवि लामिछानेविरुद्ध चुनाव लड्ने उद्घोष गरेका छन्।
बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेविरुद्ध चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले लेखेका छन्, ‘एक नालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरू र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने
! त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ ।’
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा ‘भीआईपी’ को हात रहेको बताउँदै आएका भण्डारीले रवि लामिछानेले ती भीआईपीलाई बचाउन खोजेको आरोप लगाएका छन्।














