भोलि(भानुजयन्तीको दिन) गण्डकी प्रदेशभर बिदा

केन्द्रभाग मिडिया

पोखरा।

गण्डकी प्रदेश सरकारले भोलि(असार २९ गते)बुधबार प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेको छ ।

भानु जयन्तीको अवसरमा प्रदेश सरकारले बिदा दिने भएको हो । गत चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।

आन्तरिक मामिला मन्त्रालयको अनुुसार प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा हुनेछ ।

  • २८ असार २०७९, मंगलवार १५:०२ प्रकाशित