डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् ।पूर्वीचौकी गाउँपालिका(१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो ।
भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको बताइएको छ ।उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ।














