एउटै व्यक्तिलाई एकै दिन १२ पदक, ६ लाख नगद पुरस्कार

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराका देशभक्तसिंह कुँवर एकै दिन १२ पदकबाट सम्म्मानित भएका छन् । कुँवरलाई विभिन्न संस्थाले १२ वटा पदकले सम्मान गरेका हुन् । उनले सम्मानसहित प्रतिसंस्था ५० हजार रुपैयाँका दरले ६ लाख पाएका छन् ।

यसअघि पनि ‘अलौकिक कवि’को उपाधि पाएका कुँवरले अहिले शब्द सम्राट, वाङ्मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक व्यक्तित्व, संगीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव गरी १२ उपाधि पाएका हुन् ।

कुँवरलाई इन्ल्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारावि फाइनान्सियल एजेन्सी, इन्ल्याल्क नेपालकै पोखरा र काठमाडौं शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रुपांकन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, काविन ग्राफिक्स सोलुसन, माछापुच्छ्रे सांस्कृतिक परिवारले संयुक्त रुपमा विभिन्न उपाधि प्रदान गरे ।

कुँवरले एकै दिन यती धेरै पदवी पाए पछि अहिले उनी वारे बजारमा चर्चा सुरु भएको छ । सामाजिक सञ्जालमा भने उनको तस्बिर भाइरल नै भएको छ ।

 

  • २० असार २०७९, सोमबार १५:१५ प्रकाशित