२ युवतीमाथि भारतीय युवकद्धारा सामूहिक बलात्कार, ४ जना लुटिए

केन्द्रभाग मिडिया

दाङ । दुई नेपाली युवतीमाथि भारतीय युवकको समुहले सामूहिक बलात्कार गरेका छन् ।

दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा हिजो (आइतबार) बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

६ जना युवती भारतीय बजार जाँदै थिए । तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भने भारतीय युवकले धम्काउदै सरसामान लुटपाट गरेको प्रहरीको भनाइ छ ।

पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो । घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए ।

भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जनाइएकोछ ।

  • १३ असार २०७९, सोमबार १०:४४ प्रकाशित