नेकपा एसमा किचलो : मन्त्री झाँक्री र आलेले दिए यस्तो चेतावनी

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एकीकृत समाजवादीमा मन्त्रि परिवर्तनको विषयमा किचलो सुरु भएको छ ।

यसअघि नै मन्त्री हेरफेर गर्ने भन्दै नयाँ मन्त्रीको नाम सार्वजनिक गरेको एसमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री अहिले यथावत रहने भन्दै हेरफेर गर्न रोकेका थिए । तर फेरि पार्टीले गरेको निर्णय नै कार्यान्वयन हुनुपर्ने भन्दै एसले देउवालाई दबाब दिदैं आइरहेको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले मन्त्रि फेर्ने भन्दै गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्न आफ्ना नेता तथा मन्त्रीलाई अध्यक्ष माधव कुमार नेपालले दिएको निर्देशनामा दुई मन्त्रीले असहमति जनाएका छन् ।

पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको निर्देशनमा असहमति जनाएका हुन् । झाँक्रीले आफुहरुले राम्रै काम गरिरहेकाले हटाउनु उचित नहुने र हटाए अध्यक्ष नेपाल आफ्नो लागी मरेतुल्य भएको भन्दै चेतावनी दिएकी छिन् । फोहोर व्यवस्थापनको कार्य आफ्नै पहलमा सम्पन्न भईरहेको अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा रहेको मन्त्री झाँक्रीले बताइन्।

उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका छन्।एकजना पनि महिला मन्त्रीमा सिफारिस नभए भन्दै उनले भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल हेरफेर गर्न दबाब दिएर बुधबार साँझ कोटेश्वर स्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन निर्देशन दिएका थिए ।

  • १० असार २०७९, शुक्रबार ०९:४५ प्रकाशित