पोखरा ।
पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सर्वजनिक गरेको छ । बुघबार बसेको ११ औँ नगरसभामा नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आचार्यले पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगार सृजना गर्ने उदेश्य लिएको १९८ बुदेँ नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
आचार्यले पूर्वाधार निर्माणका केही महत्वपूण आयोजनालाई अगाडी बढाउने गरि नीति तथा कार्यक्रम ल्याएका छन् । चार दशकदेखि बन्न नसकेको पोखरा बसपार्कलाई निर्माण गर्न जग्गाको एकिन गर्ने र अव्यवस्थित बसोवासीलाई हटाउने आचार्यले बताएका छन् ।
अव्यवस्थित बसोवासीलाई उपयुक्त स्थानमा बहुतले भवन निर्माण गरी स्थाननन्तरण गर्ने नीति तथा कर्यक्रममा उल्लेख छ ।
पृथ्वीचोकमा अण्डरपास तथा फलाइ ओभरको सम्भाव्यता अध्यन गर्ने र पोखरा चक्रपथ निर्माणको लागि विस्तुत अध्यन गरिने बताएका छन् ।
यस्तै आगामी २ वर्षभित्र मुख्य सहरी क्षेत्रका टेलिफोन र अन्य तार हटाएर भूमिगत बनाउने आचार्यले घोषणा गरेका छन् । यो कार्यक्रम यस पहिलोका नगर प्रमुख मानबहादुर जिसीले पनि घोषण गरेका थिए । जुन कार्यक्रमले सफलता पाउन सकेन ।
सहरी सुन्तरदता बढाउन नेपाल विद्युत प्राधिकरणको साझेदारीमा नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा विजुलीका तार भूमिगत गरीने नीति तथा कर्यक्रममा उल्लेख छ ।
मेयर आचार्यले जनगुनासो सुन्न र समाधान गर्न हेल्लो मेयर कार्यक्रम एक महिनाभित्र सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।
आचार्यले नीति तथा सार्वजनिक गर्दै प्लस टु तह अध्ययन सकेका युवा लक्षित गदौँ पहिलो ६ महिनाभित्र ३ हजारलाई रोजगार दिने गरी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएका छन् ।
नेपाल सरकारले सुरु गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम महानगरमा पनि सुरु गर्ने मेयर आचार्यले बताएका छन् ।
महानगरको एक मात्र अस्पताल शिशुवा अस्पतालाई विशिष्टीकृत अस्पतालको रुपमा विकास गर्ने र आगामी ४ वर्ष भित्र सुविधा सम्पन्न मेट्रो अस्पताल निर्माण गर्ने आचार्यले घोषणा गरेका छन् ।
महानगरबाट प्रदान गरिने सेवा तीन महिना भित्र एकद्धार प्राणालीबाट स्वाचालित सेवा प्रवाह सुनिश्चित गरिने आचायलेले बताएका छन् । पर्यटनलाई लिक्षित गदै पोखराको स्मरण हुने एक साँस्कृतिक ग्राम निर्माण गर्न अध्यन सुरु गर्ने पर्यटकिय गन्तब्यको सौन्दर्यकरण र प्रचारप्रसारमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।












