पोखरा ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञ बहादुर थापाले विवाद नबढाउन कास्की जिल्लाका नेतालाई आग्रह गरेका छन् । नेपाल तरुण दल कास्कीले पोखरामा आयोजना गरेको कर्यक्रममा बोल्दै थापाले सानातिना कुरामा एकसन रियाक्सनमा नजान थापाले आग्रह गरे ।
पार्टी भित्रको विवादले चिन्तित बनाएको भन्दै थापाले नेताहरुलाई मति नबिगार्न सुझाव दिए । तपाइहरुको हातमा जिल्लाको बागडोर छ, तपाईहरुको मति विग्रियो भने तपाईहरु त डुब्नुहुन्छ म जस्ताहरुका लागि यी गतिबिधि ह्दयविदारक, वियोगान्त, त्रासिदिपुर्ण नबनोस्,उनले भने ।
सन्तुलित भएर काम गर्न समेत उनले आग्रह गरे । स्थानिय तहको निर्वाचन पछि असार ५ गते बसेको कास्की कांग्रेसको बैठकमा एक पक्षले बहिष्कार गरेको थियो ।














