पोखरा ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले अनावश्यक कुरा उठाएर जिल्ला समितिको बैठक बहिष्कार गरिएको बताएका छन् । बहिष्कार गर्ने पक्षले लगाएका आरोमा सत्यता नरहेको बरालले बताएका छन् ।
सोमबार पार्टी कर्यालय परिषरमा भएको नेपाल तरुणदलको कार्यक्रममा बोल्दै सभापति बरालले आफुले भनेको मान्छे र आफुले टिकट नपाएकाहरुले आर्थिक अनियमिताताको आरोप लागाएको बताए । सभापति बरालले असार ५ गते आइतबार जिल्ला कार्यसमितिको बैठक डाकेका थिए । तर कार्यसमितिकै पदाधिकारी र सदस्यहरुले बहिस्कार गरेपछि बैठक स्थगित भएको थियो ।
२३ वटा वडाको अध्यक्ष जित्दा पनि उपमेयर हारेको भन्दै कांग्रेसभित्र तिब्र असन्तुष्टि छ । जिल्ला कार्यसमितिकै पदाधिकारी र सदस्यहरुले सभापतिको राजीनामा माग्न थालेका छन् ।
बरालमाथि निर्वाचनमा भातृ संंगठन परिचालन नगरेको, उम्मेद्वार छान्दा समान मापदण्ड कायम नगरेको,पार्टीका वरिष्ठ नेतालाई अपमान गर्दै जिम्मेवारीविहीन बनाएको, आफ्नै घोषणा विपरीत पोखराको मेयरको आकांक्षी बनेको लगाएतका अरोप लगाइएको छ ।














