देशभर ७ संक्रमितको मृत्यु, थपिए ४४७ संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको अपडेट अनुसार देशभर ७ संक्रमितले ज्यान गुमाएका छन् ।योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४३९ जना निको भएका छन् ।बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५४ पुगेको छ । भने हालसम्म ७ लाख ९३ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १२३ जना रहेका छन् । जसमध्ये ८ हजार ४३६ जना होम आइसोलेसनमा रहेका छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • १७ कार्तिक २०७८, बुधबार १६:५१ प्रकाशित