आज पाउन्डको भाउ बढ्यो : डलर,युरो,रियलको मुद्रादर कति ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रादर अनुसार आज मंगलबार यूके पाउन्डको मुल्य बढेको छ ।

आज बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५६ रुपैयाँ ३९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्री दर १५५ रुपैयाँ ४८ पैसा रहेको थियो ।

यस्तै आज एक यूरोको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९२ पैसा र बिक्री दर १२४ रुपैयाँ ५२ पैसा रहेको छ।

अष्ट्रेलियन डलरको बिक्रीदर ८९ रुपैयाँ ४६ पैसा र खरिददर ८९ रुपैयाँ ९० पैसा छ भने सिंगापुर डलरको बिक्रीदर ९० रुपैयाँ २३ पैसा र खरिददर ९० रुपैयाँ ६७ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा छ । साउदी रियालको बिक्रीदर ३३.०४ रुपैयाँ र खरिददर ३३.२० रुपैयाँ कायम छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९४ पैसा र बिक्री दर ३४ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • २४ जेष्ठ २०७९, मंगलवार ०९:१९ प्रकाशित