राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग एकता सम्भव छ : कमल थापा

केन्द्रभाग मिडिया

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग एकता सम्भव भएको बताएका छन् । आज विराटनगर पुगेका थापाले पत्रकारहरुसँग कुरागर्दै राप्रपाले राजसंस्थाको कुरा छाडे कार्यगत एकता सम्भव भएको बताएका हुन् ।
थापाले भने, ‘राजसंस्थाको एजेण्डा छाडेर आए कार्यगत एकताका लागि राप्रपा नेपाल सधैँ तयार छ ।’

उनले इतिहास बनेको राजसंस्था पुनः स्थापनाको एजेण्डा बोकेर नहिँड्न राप्रपालाई सुझाव समेत दिए । अब राजसंस्था पुनः स्थापना हुने सम्भावना शून्यमा पुगेकाले त्यस्ता एजेण्डालाई बोकेर हिँडनुको कुनै अर्थसमेत नरहेको थापाको भनाइ थियो ।

संघीयतासम्बन्धी प्रसंगमा उनले प्रदेश सरकारको औचित्य नरहेको दोहोर्‍याएका छन् । केन्द्र र स्थानीय सरकार अझ शक्तिशाली बनाएर लगेमा प्रदेश तहको आवश्यकता नरहेको थापाको भनाइ छ ।

  • २२ जेष्ठ २०७९, आईतवार ११:५२ प्रकाशित