ओलीकै गृहनगरमा एमाले विरासत ढल्यो

केन्द्रभाग मिडिया

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै गृहनगर झापामा एमाले विरासत ढलेको छ ।झापाको दमक नगरपालिकामा एमालेलाई हराउँदै राप्रपाका उम्मेदवार राम थापा विजयी भएका छन् ।

थापा विजयी भएकोबारे निर्वाचन आयोगले औपचारिक घोषणा गरिसकेको छैन । झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।

  • ६ जेष्ठ २०७९, शुक्रबार १०:४२ प्रकाशित