पोखरा महानगरपालिकाको वडा नम्बर ८ मा नेकपा एमालेले अग्रता लिइरहेको छ ।
१६ सय मत गनिसक्दा एमालेका कृष्ण थापाले ६५५ मत ल्याएका छन । भने गठबन्धनका धनराज आर्चायले ६२६ मत ल्याएका छन् । उपमेयरमा पनि एमालेकी मञ्जुदेवी अघि छिन् । उनले ७९५ मत ल्याउँदा कांग्रेसकी कोपिला रानाभाटले ५९६ मत ल्याएकी छिन् ।
वडा अध्यक्षमा पनि एमाले नै अघि छ । एमालेका उम्मेदवारले ८८३ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ६१४ मत पाएका छन् ।














