धनगढी ।
डडेल्धुराको पर्शुराम नगरपालिकामा मेयरमा कांग्रेसका २८ वर्षीय भरत जोशी विजयी भएका छन् । प्रतिस्पर्धी माओवादीका शेरसिंह माललाई हराउँदै जोशी मेयरमा निर्वाचित भएका हुन्।
जोशीले ५ हजार ९ सय ४१ मत पाए भने मालले ५ हजार ८ सय ५ मत पाए। जोशी माललाई १ सय ३६ मतले पछि पार्दै मेयरमा विजयी हुन सफल भए।
जोशीको जितसँगै यस पटक पनि पर्शुरामको प्रमुखमा कांग्रेसले नै नेतृत्व लिएको छ।जोशीले कांग्रेसको १४ औं महाधिवेशनम नगरपालिकामा सभापति जितेका थिए । राजनीतिको पुरानो ढर्रालाई परिवर्तन गरेर युवाले देश हाँक्न सन्देश दिन राजनीतिमा प्रवेश गरेर स्थानीय तहको नेतृत्व लिएको जित पछि जोशीले बताएका छन् ।














