तिहारका बेला भन्सार छली ल्याएको आधा करोड बढीको सामान प्रहरीले नियन्त्रणमा

केन्द्रभाग मिडिया

काठमाडौं।

तिहारका बेला भन्सार छली ल्याइएको झण्डै ५१ लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

भारतबाट कपिलवस्तुको सीमा नाका हुँदै बुटवल आइपुगेको ५१ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

लु१ज ३७८७ र लु१ज ४६३६ नम्बरको पिकअप गाडीमा ल्याइएको उक्त बराबरको भन्सार छलीको सामान प्रहरीले बुधबार बिहान बुटवलबाट नियन्त्रणमा लिएको हो।

गाडीमा रहेको कुर्ता सुरुवाल, जुत्ता, लिपगार्ड, साडी, चुन्नीलगायत जाडोमा प्रयोग हुने सामानहरू बरामद भएको प्रहरीले जनाएको छ ।

  • १७ कार्तिक २०७८, बुधबार १३:१५ प्रकाशित