गगनले भने, ‘चुनावमा एमालेलाइ कुचोले बढार्ने हो, कुनाकाप्चा अड्किएका धुलोलाई भ्याकुम लगाउने हो’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचोले बढार्ने अभिव्यक्ति दिएका छन् ।

नेकपा एमाले अध्यक्ष ओलीले आफूहरुले नै चुनाव जित्ने र पहिलो पार्टी आफुहरु नै नरहेको दाबी गरिरहेको बेला थापाले सबै तहमा एमालेलाई हराउने भन्दै यस्तो भनाई राखेका हुन।

थापाले भने,‘अबको चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्किए त्यसलाई पनि भ्याकुम लगाउने हो ।’थापाले एमाले पार्टी नभई ओलीको कम्पनी रहेको आरोप लगाए। ‘नेकपा एमाले पार्टी हैन यो ओली एन्ड कम्पनी हो’ उनले भने ।

  • १७ कार्तिक २०७८, बुधबार १२:४६ प्रकाशित