भारत, चीन र इजरायलका नवनियुक्त राजदूतले लिए शपथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा। कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‍को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले आजै उनीहरूलाई शीतल निवासमा एक समारोहका बीच पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन् ।

२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १३ जना मध्ये १० जनाको नाम अनुमोदन गरेको थियो ।१० जना प्रस्तावित राजदूतहरू मध्ये भारत, चीन र इजरायलका राजदूतको अग्रिमो आएको थियो ।

  • ३० कार्तिक २०८३, सोमबार १२:४१ प्रकाशित