नयाँ मुख्यमन्त्री पाउँदै कर्णाली र प्रदेश १ : आजै सपथको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएपछि आज कर्णाली र प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने भएको छ ।

कर्णालीका प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो सममतिअनुसार राजीनामा दिएका थिए । उनको राजीनामा पश्चात प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले राजीनामा स्वीकृत गर्दै आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गरेका छन् ।

माओवादी केन्द्रका शाहीको राजीनामापछि कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्दैछ । गठबन्धनमा आलोपालो गर्ने भनि भएको सहमति अनुसार अब कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन् ।

गएको बैशाख २ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको सहमतिअनुसार ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने सहमति भएको थियो ।
यस्तै, प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश १ मा आज दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान भएको थियो । हिजो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । आज दिउँसो शपथको तयारी भईरहेको छ ।

  • १६ कार्तिक २०७८, मंगलवार ०९:३९ प्रकाशित