मुख्यमन्त्री आचार्यले बुझाए राजीनामापत्र

केन्द्रभाग मिडिया

विराटनगर ।

प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई भेटेर राजीनामा पत्र बुझाएका छन् ।

प्रदेशसभा बैठकमा सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका आचार्यले प्रदेश प्रमुखसामु राजीनामा पत्र बुझाएका हुन् ।

अल्पमतमा परेपछि प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले आज राजीनामाको घोषणा गरेका थिए ।

प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो ।

  • १५ कार्तिक २०७८, सोमबार १५:४४ प्रकाशित