जग्गा प्रकरणमा मुछिएका नेपाल र भट्टराई विरुद्धको मुद्धाको फैसला किन रोकियो ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

माधवव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धाको आज फैसला नहुने भएको छ ।

बालुवाटार जग्गा प्रकरणमामा मुछिएका नेपाल र भट्टराईविरुद्धको मुद्धामा सर्वोच्च अदालतले कात्तिक १५ गते अर्थात आज सुनाउने भनिएको फैसला नहुने भएको हो ।

बहुचर्चित ललिता निवास प्रकरणको फैसलाका लागि मिति तय गरिएको आज न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले नहुने भएको हो । न्यायाधीश सुवेदी पिताको उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेकाले आजको निर्णय सुनाउने पेशी स्थगित हुने भएको छ ।

गत असोज १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले अन्तिम सुनुवाईका लागि आज तोकेको थियो ।

  • १५ कार्तिक २०७८, सोमबार ०९:३९ प्रकाशित