सुर्खेत ।
कर्णाली प्रदेश सरकारका तीन मन्त्री भोलिदेखि स्वतः पदमुक्त हुँदैछन् ।
उनीहरुको पदावधि भोलि सकिने भएसँगै स्वतः पदमुक्त हुने भएका हुन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि सकिदैँछ ।
उनीहरु तीनै जना प्रदेशसभा सदस्य नरहेकाले उनीहरुको ६ महिने कार्यकाल भोलि सकिन लागेको हो । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।
भोलि स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल हुने सुरु भएको छ । सम्भवतः नेकपा एकीकृत समाजवादीकै तीन प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइने बताइएको छ।