यस्तो छ बारको तिहार अघिको विरोध कार्यक्रम

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एशोसियसनले तिहारअघिको ४ दिन कालोपट्टी बाँधेर विरोध गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले हरेक दिन एक घण्टा कोण सभा गरेर विरोध जनाउने पनि बताएको छ । दोस्रो चरणका कार्यक्रम भने तिहारपछि बैठक गरेर सार्वजनिक गर्ने बारले जनाएको छ ।

बैठकले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने र न्यायाधीशहरुलाई इजलासमा बस्न आग्रह गर्ने र न्यायाधीशहरुको इजलासमा बहसमा भाग लिने निर्णय पनि गरेको छ ।

आजको बैठकले प्रधानन्यायाधीशलाई अरु इजलास नतोक्न पनि आग्रह गरेको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार १६:४२ प्रकाशित