भलिबल हेर्न गएकी १३ वर्षीय बालिकामाथि बलात्कार,बालिकाको अवस्था गम्भिर

केन्द्रभाग मिडिया

रुकुम ।

रूकुम पश्चिममा १३ वर्षीय बालिकामाथि बलात्कार भएको छ।

भलिवल प्रतियोगिता हेर्न गएकी नलगाड नगरपालिका १ की बालिकामाथि गत बुधबार बलात्कार भएको जनाइएको छ।
बालिकामाथि रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको हो।उनी बाँकेज्युलामा आयोजित भलिवल प्रतियोगिता हेर्न गएकी थिइन्।

बालिकालाई आठविसकोट नगरपालिका १४ का २६ वर्षीय झलक जैसीले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ।

बालिकामाथि बलात्कार भएको सम्बन्धी जाहेरी दर्ता भइसकेको र अभियुक्त जैसीको खोजी जारी राखिएको प्रहरीले जनाएको छ।
बालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

  • १२ कार्तिक २०७८, शुक्रबार ०८:५८ प्रकाशित