गण्डकी सरकारको अनुगमनले भन्छ: महंगी नियन्त्रणमा छ, कालोबजारी भेटिएन (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।
चाडपर्व नजिकिएसँगै बजारमा महंगी बढेपनि सरकारको नजर नपुगेको उपभोक्ताको गुनासो छ । गुणस्तरहिन बस्तुको बिक्री र मुल्यबृद्धि नियन्त्रणका लागि सरकारले अनुगमन बढाउनुपर्नेमा चासो नदिएको उपभोक्ता बताउछन् ।

सरकारी निकाए भने बजार नियन्त्रण वाहिर नगएको बताउछ । गण्डकी प्रदेशमा बजार अनुगमनको अवस्था वारे केन्द्रखवरले प्रदेश सरकार अन्र्तगतको उद्योग वाणिज्य तथा उपभोत्ता हित संरक्षण निर्देशनालयका निर्देशकसंग जानकारी लिएको छ ।

निर्देशनालयका निर्देशक नारायण आचार्यले चालु आर्थिक वर्षमा ६ दिनमा ३५ वटा पसलमा अनुगमन गरिएको जानकारी दिए । चाडवर्पको मुखमा पोखराका ठुला होलसेल पसलमा अनुगमन गरिएको उनले बताए ।

दशैँ पहिलेको डेढ महिनाको अवधिमा मुल्य स्थिर रहेको, खाध्यान्नको अभाव र कृतिम अभाव सृजना गरेको नपाइएको आचार्यले बताए । केही ग्रामिण बजारमा म्याद नाघेका सामान बिक्रीका लागि राखेको भेटिएको उनले बताए । त्यस्ता सामान कम्पनीमा फिर्ता गर्न र नष्ट गर्न निर्देशन दिएको आचार्यले बताए ।

३ महिनालाई पुग्ने गरि खाध्यान्न मौजदजात रहेको पनि उनले जानकारी दिए । चाडपर्वमा खरिद विक्री बढि हुने भएकाले चेकजाचँ बढि गर्नुपर्ने भएकाले बढि अनुगमन भएको देखिएको हो, चाडपर्व केन्द्रीत अनुगमन गरिएको हैन ।

प्रदेश सरकारले तार्गेट तोक्दीएको छ, उनले भने हरेक महिना कम्तीमा ४ वटा पसलको अनुगमन गर्नेपर्छ । सुराकी आएमा र उपभोक्ताले गुनासो गरेका क्षेत्रमा हाम्रो अनुगमन केन्द्रीत हुन्छ । बजार नियमित रुपमा निर्वाधरुपमा सुचारु भएर चलेको छ भन्नेमा हामी छौ ।

व्यवसायीलाई सधै गएर अल्झाइरहने कुरो हुदैन गुनासो आए अनुगमन गर्छौँ, उनले भने, राजस्व बढाउने उदेश्यले अनुगमन गदैनौँ । बढिमा ५ लाख सम्म ऐन अनुसार कारवाही गर्ने अधिकार हामीलाई छ, आचार्यले भने । अनुगमन गर्नका लागि प्रदेश कानून, ल्याब र कर्मचारीको अभाव रहेको उनले बताए ।

  • १० कार्तिक २०७८, बुधबार १७:५६ प्रकाशित