पोखरा ।
नेकपा एमालेले आज देशभर एक साथ स्थानीय तहको अधिवेशन गर्दैछ । देशभरका स्थानीय तहमा महानगरमा भूगोलको हिसावले सबैभन्दा ठूलो महानगर पोखरा महानगरमा एमालेको नेतृत्व कस्ले गर्ला भन्न विभिन्न अड्कलबाजी भइरहेका छन् ।
पोखरा महानगरको अधिवेशनको बन्दसत्र पोखरा सभागृहमा सुृरु भएको छ । यसपछि निर्वाचन प्रक्रियामा अगाडि बढ्ने नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिएका छन् । ‘खुलासत्र सकिएर भर्खर बन्दसत्र सुरु भएको छ । अब बन्दसत्र लगत्तै नेतृत्व चयन तर्फ लाग्छौं,’ उलने भने ।
एमाले स्रोतका अनुसार नेकपा एमाले पोखरा महानगरको नेतृत्व लिन चार जनाले अकांक्षा देखाएका छन् । एमाले पोखरा महानगरका अध्यक्ष दीपक पौडेल, एमाले कास्कीका सचिवालय सदस्य तेजनारायण अधिकारी, युवा नेता दीलिप न्यौपाने र नेपाल उद्योग वणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका सञ्जिवबहादुर कोइरालाले अध्यक्षको आकांक्षा राखेका छन् ।
आकांक्षी जति भएपनि सर्वसम्मत नेतृत्व चयन हुने एमाले कास्कीका अध्यक्ष थापाले दाबी गरे । ‘अकांक्षीहरु देखिनु स्वभाविक हो ।
साथीहरु नेतृत्व गर्छु पार्टी हाँक्छु भन्न पाउनुहुन्छ । जहाँसम्म लाग्छ हामी निर्वाचनमा जाने सम्भवाना देखिरहेका छैनौं । योग्यता अनुभव र कार्यकर्ताको समेत भावनाको कदर गर्दै उहाँहरुले एक जनामा सहमति गर्नुहुन्छ’ उनले भने ।