१५ न्यायाधीशको गोप्य बैठक ‘हेर्दा हेर्दैमा’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीशसँग असन्तुष्ट १५ न्यायाधीशको आजको गोप्य छलफल टुंगोमा पुग्न सकेको छैन ।

आजको बैठक हेर्दाहेर्दैमा थाती राखिएको छ । प्रधानन्यायाधीशविरुद्ध सक्रिय सर्वोच्च अदालतका न्यायाधीशहरुको आजको वैठक फेरि भोली बस्ने भएको छ । आजको बैठक कुनै निष्कर्षमा पुग्न सकेन सम्भवत् भोलीको बैठकले निष्कर्ष निकाल्नेछ ।

आज प्रधानन्यायधीशसँग असन्तुष्ट न्यायाधीशहरूको समूहले भेट गरि मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरेका थिए । तर, प्रधानन्याधीशले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए मात्र आफूले पनि राजीनामा दिने जवाफ दिएका थिए ।

  • ९ कार्तिक २०७८, मंगलवार १५:०८ प्रकाशित