साताको पहिलो दिन आज डलरको भाउ बढ्यो, कति छ युरो र पाउण्ड (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा थियो ।

आज युरो एकको खरिददर १४३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ०९ पैसा रहेको छ ।

यस्तै आज १० जापानी येनको खरिददर ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ४८ पैसा रहेको छ ।

  • २४ असार २०८०, आईतवार ०९:४८ प्रकाशित