जोखाना हेर्ने भन्दै झाक्रीले गरे श्रीमती र छोरीको टोकेर हत्या

केन्द्रभाग मिडिया

इलामा ।
इलामा धामीले श्रीमती र छोरीको हत्या गरेका छन् । देउमाई नगरपालिका–५का पूर्णचन्द्र तामाङ (झाक्री) ले ३५ वर्षीय श्रीमती सीता र १६ वर्षीय छोरी दीक्षाको हत्या गरेका हुन् ।

झाँक्री श्रीमानले जोखाना हेर्ने क्रममा श्रीमती र छोरीको टोकेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ। सोमबार राति आमा छोरीको उपचार गर्ने भन्दै उनी धामी बसेका थिए, उनले पहिला श्रीमती र त्यस पछि छोरीलाई पुजा कोठामा लेगेका थिए ।

श्रीमतीको पेटमा टोके वेहोस बनाएको र पछि छोरीलाई पनि पेटमा टोकेर वेहोस बनाएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए। पेटमा टोकेको गहिरो डाम देखिएको श्रेष्ठले जानकारी दिए । रातभरी धामी बसे पछि विहान पख श्रीमती र छोरीको मृत्यु भएको थाहा पाए पछि तामाङ घरबाट भागेका थिए ।

झाक्री तामाङलाई प्रहरीले पक्राउ गरिसेको छ । श्रेष्ठका अनुसार तामाङ एक हप्ता देखि धामी बस्दै आएका थिए। तामाङले परिवारका अन्य सदस्यको पनि जोखाना हेर्ने भनेको श्रेष्ठले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार ११:५७ प्रकाशित