आज पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६० पैसा थियो ।

आज डलर एकको खरिददर १३० रुपैयाँ ९४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५४ पैसा रहेको छ ।यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ६९ पैसा बिक्रीदर १४३ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९ रुपैयाँ ११ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १४ पैसा र बिक्रीदर १८ रुपैयाँ २२ पैसा छ ।

साउदी रियालको खरिददर ३४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०७ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ २८ पैसा रहेको छ ।

  • २० असार २०८०, बुधबार ०९:४७ प्रकाशित