विश्वकप छनोट : नेपालले आयरल्यान्डलाई दियो दुई सय ६८ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको खेलमा नेपालले आयरल्यान्डलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको हो ।

नेपालका लागि गुल्सन झाले अर्धसतकीय पाली खेले । उनले अविजित ५७ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४२ बलको सामना गरी तीन छक्का र चार चौका प्रहार गरे । अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन जोडे । सन्दीप र गुल्सनले ८० रनको साझेदारी गरेका थिए ।

  • १९ असार २०८०, मंगलवार १६:४६ प्रकाशित