करिब डेढ वर्षपछि कांग्रेसले भातृ संस्था तरुण दललाई पूर्णता दियो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा भ्रातृ संस्था नेपाल तरुण दललाई पूर्णता दिएका छन् । दलको अध्यक्षमा विद्वान गुरूङलाई नियुक्त गरेको करिब डेढ वर्षपछि सभापति देउवाले पदाधिकारीरहित जम्बो केन्द्रीय समिति गठन गरिदिएका हुन् ।

महाधिवेशन छल्न बेमौसममा ल्याइएको गुरूङ नेतृत्वको तरुण दल केन्द्रीय समिति अब ४०१ सदस्यीय बनेको छ ।आफूअनुकूल गुरूङलाई सभापति मनोनीत गरेका सभापति देउवाले डेढ वर्षपछि नेता शेखर कोइराला, उपसभापति पूणर्बहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेताहरूका रोजीका कार्यकर्ता समेटेर तरुण दल गठन गरेका हुन् ।

तरुण दलले गएको १५ वर्षदेखि नियमित महाधिवेशन र नेतृत्व चयन गर्न सकेको छैन ।

  • १९ असार २०८०, मंगलवार १६:३२ प्रकाशित