काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा गरेको कटौतीसँगै हवाई भाडा घटेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो । घटेको हवाई भाडा मंगलबारदेखि कार्यान्वयन हुनेछ ।
नेपाल आयल निगमले सोमबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १४ रुपैयाँ कटौती गरेको थियो । १५० रुपैयाँ प्रतिलिटर रहेको हवाई इन्धनको मूल्य अहिले १३६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।


















