पोखरा ।
अहिले गण्डकी प्रदेशका जिल्लाहरुसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौमस पूर्वानुमा महाशाखाले जनाएको छ ।
कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा आज मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गर्दै जानकारी दिएको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।
त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा, मेघ(गर्जनरचट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यसैबीच आज बुटवलको टिनाउ नदीमा पानीको बहावले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौं,ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुल्मी,अर्घाखाँची, कपिलवस्तु, दाङ, र आसपास भई बहने केही स–साना नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्न सक्ने भएकाले आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । तटिय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन र सुरक्षित स्थानमा बस्न महाशाखाले अपिल गरेको छ ।
आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती ,पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह सर्तकर्ता तह भन्दा तल रहने पूर्वान’मा रहेपनि जलसतह बढ्दो हुने पूर्वानुमान रहेकाले नदी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।














