पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६६ रुपैयाँ २३ पैसा थियो ।
डलरको भाउ भने आज स्थिर छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
यस्तै आज युरो एकको खरिददर १४२ रुपैयाँ ९१ पैसा बिक्रीदर १४३ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै १० जापानी येनको खरिददर ९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा छ ।
साउदी रियालको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०६ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ ।