तत्कालीन नेकपा एकता नटिके पनि पुन नेकपातिरै फर्कनुपर्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

file photo

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा एकता नटिके पनि पुनः नेकपा तिरै फर्कनुपर्ने बताएका छन् ।

आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताए ।

उनले नेकपा बन्दा जनतामा ठुलो उभार देखा परेको र प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको बताए ।

‘तर दुर्भाग्य हामीले त्यो एकतालाई बचाउन सकेनौ । त्यो एकतालाई बचाएर राष्ट्र र जनताको हितमा, समाजवादको हितमा जाने प्रचुर सम्भावना थियो त्यो बचाउन सकिएन’, प्रचण्डले भने, ‘म अहिले कसैलाई दोषारोपण गर्न उभिएको छैन ।’

  • १७ असार २०८०, आईतवार १३:५१ प्रकाशित