नारायणगढ–मुग्लिन सडक फेरी दुईतर्फी अवरुद्ध, यात्रु अलपत्र

केन्द्रभाग मिडिया

File photo

चितवन ।

नारायणगढ–मुग्लिन सडक फेरी अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । बारम्बार सडक बन्द हुँदा पूर्व र पश्चिम यात्रा गर्ने यात्रु मर्कामा परेका छन् ।

  • १७ असार २०८०, आईतवार ०८:५८ प्रकाशित