सरकार कसैले ढाल्न सक्दैन : प्रधानमन्त्री प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा ।
प्रधानमन्त्री प्रचण्डले  गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकार कसैले ढाल्न नसक्ने दावी गरे ।

प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कामले थप तीव्रता पाउने बताए । भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए ।

‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ’ उलने भने, ‘सरकार कमजोर भएको छैन । यस्तै परे सरकार पुनः पहिलेकै जस्तो ९९ प्रतिशत समर्थन सरकारले पाउने सम्भावना छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी एकताका लागि ठोस पहल भइरहेको बताए । उनले समाजवादी मोर्चामा भएका दलहरुबीच पार्टी एकिकरणको प्रयास गरिने बताए । अन्य विचार मिल्ने पार्टीसंग पनि एकतातिर जाने छलफल चलिरहेको छ ।

भारत भ्रमण सफल भएको र छिट्टै चिन भ्रमणमा पनि राष्ट्रिय हितको विषयमा महत्वपूर्ण संझौता हुने मुख्यमन्त्रीले विश्वास व्यक्त गरे ।
मुख्यमन्त्रीहरुसंगको बैठक र राष्ट्रिय समन्वय परिषद्को बैठकले संघीयतामा देखिएका समस्या समाधान हुने दावी प्रधानमन्त्रीले गरे ।

  • १६ असार २०८०, शनिबार १६:१६ प्रकाशित