रूपन्देही ।
आजका लागि बोलाइएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । एमालेको आग्रहमा सूचना टाँसेर बैठक स्थगित भएको हो । अबको बैठक यही कात्तिक ११ गते बिहीबार बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका बोलाइएको बैठक स्थगित गरिएको जनाइएको छ ।
दुई सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने एमालेको अडान कायमै रहेको छ। नवलपरासी पश्चिमबाट अजयबहादुर शाही र नेकपाबाट विजयी भएर नेकपा विघटनपछि माओवादी केन्द्र रोजेकी विमला खत्री ओलीलाई एमालेले कारबाही गरेकाले पदमुक्त गर्न सभामुखलाई दबाब दिँदै आएको छ ।
यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो ।