ललिता निवास प्रकरण : प्रकाउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति

केन्द्रभाग मिडिया

Photo : onlinekhabar

 

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का एसपी नवराज अधिकारीले बताए ।

उनीहरुलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट मंगलबार पक्राउ गरेको थियो । प्रहरीले ७ जनालाई पक्राउ गरेपनि ३ जनाको नाममा पहिल्यै निषेधाज्ञाको आदेश जारी भइसकेको पाइएपछि छाडिएको थियो ।

 

  • १३ असार २०८०, बुधबार १६:३१ प्रकाशित