काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून सबैलाई समान रहेको बताउँदै हाइप्रोफाइल पनि कानुन भन्दा माथि नरहेको बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिदैं नक्कली भुटानी शरणाथी प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको आशा बढेको बताए ।
उनले भने, ‘उच्च पदस्थ र देशको एउटा वर्ग कानूनभन्दामाथि हुन्छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ। यो काण्डको सफल अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ पनि सुरु भएको छ। यो प्रक्रिया यतिमा रोकिने छैन म सबैलाई यहाँबाट जानकारी गराउँनेछु।’
हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान भ्रम अन्त्य भएको उनको भनाइ छ।उनले प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास प्रकरणमा हिजोबाट पक्राउ पर्न थालेको बताए।













