रासायनिक मलको अभाव हटायौं : प्रधानमन्त्री दाहाल

केन्द्रभाग मिडिया

File photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् ।

बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८। ५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी गरेका हुन् ।

‘मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पूर्ण होइन तर अभावको चरम अवस्था हटायौं ।’

आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

  • १३ असार २०८०, बुधबार १४:३२ प्रकाशित